Logo

भारतले पाम आयल रोकेकोमा कांग्रेसको आपत्ति, गरायो सरकारको ध्यानाकर्षण

भारतले पाम आयल रोकेकोमा कांग्रेसको आपत्ति, गरायो सरकारको ध्यानाकर्षण



काठमाडौं । भारतले नेपालबाट निकाशी हुने प्रशोधित पाम आयल आयात रोकेपछि नेपाली कांग्रेशले आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपालमा प्रशोधन हुने पाम आयल भारतले रोकेपछि नेपाली उद्योगीले घाटा बेहोर्नुपरेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीहरूको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीहरूको रोजगारीमा समेत संकट उत्पन्न हुने नेपाली कांग्रेसको भनाई छ ।

‘नेपालबाट निर्यात हुने प्रमुख वस्तु मध्ये पाम आयल पनि एक हो । जसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुर्‍याइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा नेपाल सरकारले कुटनीतिक पहल गरी नेपालमा प्रशोधित पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL