Logo

सिटी एक्सप्रेस मनि ट्रान्सफरको बम्पर उपहारको बिजेता घोषणा, यादवले जिते १० लाख

सिटी एक्सप्रेस मनि ट्रान्सफरको बम्पर उपहारको बिजेता घोषणा, यादवले जिते १० लाख



काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६- न यति न उति सिधै लखपति’ योजना को बम्पर उपहारको बिजेता घोषणा गरिएको छ ।

laxmi

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो ।

जसमा साउदी अरबको अरब नेशनल बैंक–टेलिमनीबाट पैसा पठाएर बक्पर उपहारको लक्की ड्रमा परेका जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् ।

यस उपहार योजना अवधिभर दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु एक लाख नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरुको लागि पनि विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो ।

सिटी एक्सप्रेसको उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २ सयको मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १ लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठलाई लक्षित गर्दै ‘लखपति एक्सप्रेस २०७६(न यति न उति सिधै लखपति’ योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गतेसम्म चलेको थियो ।

अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL