Logo

यसरी तोकियो मन्त्रिपरिषदबाट ऊखुको मूल्य, किसानलाई फाइदा कि घाटा ?

यसरी तोकियो मन्त्रिपरिषदबाट ऊखुको मूल्य, किसानलाई फाइदा कि घाटा ?



काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । विभिन्न समयमा उखुको खरिद मूल्यकै विवादका कारण किसान आन्दोलन गर्दै आएका थिए ।

laxmi

किसान र चिनी उद्योगीबीच ऊखुको मूल्य तय भएपनि भनेबमोजिम मूल्य नपाउने भएपछि मन्त्रिपरिषदको निर्णयले नै खरिद मूल्य तोकिदिएको हो ।

मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै संचार तथा सुचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले उखुको समर्थन मूल्य गत बर्षकै मूल्यलाई निरन्तरता दिएको बताएका हुन । गत बर्ष ऊखुको खरिद मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो ।

सरकारले ऊखुको मूल्य बढि निर्धारण गरेको भन्दै चिनी उद्योगीहरुले घटाउन माग गर्दै आएका थिए । तर, सरकारले भने पुरानै मूल्यलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL