Logo

नेपाल चेम्बर र पीएचडी चेम्बरबीच छलफल, लगानी र पर्यटक भित्र्याउन पहल

नेपाल चेम्बर र पीएचडी चेम्बरबीच छलफल, लगानी र पर्यटक भित्र्याउन पहल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र भारतको चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिज (पिएचडी) बीच छलफल भएको छ ।

laxmi

दुई चेम्बरबीच भएको छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरुबीच सहकार्य गराउनुपर्ने बताएका छन ।

साथै श्रेष्ठले व्यापार मेलामा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन समेत आग्रह गरेका छन ।

साथै पीएचडीका अध्यक्ष के.भी. राजनले नेपालसँग भारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पुर्याउने बताएका छन ।

साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजक भई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने विश्वास ब्यक्त गरेका छन ।

सोही अवसरमा चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डिके अग्रवालले दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमा जोड दिन आफू र आफ्नो संस्था संधै तयार रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL