Logo

नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्षमा महर्जन, नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान गर्न आग्रह

नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्षमा महर्जन, नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान गर्न आग्रह



काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको १३ औ बार्षिक साधारण सभाले रमेश महर्जनलाई अध्यक्षमा चयन गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धन बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले महर्जनलाई अध्यक्षमा चयन गरेको हो ।

laxmi

त्यस्तै साधारणसभाले बिशिष्ठ सदस्यमा राजेश काजी श्रेष्ठ, उपाध्यक्षमा बिजय श्रेष्ठ, सचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा डा. हरिश जोशीलाई चयन गरेको छ । सदस्यहरुमा अनुजमणि तिमल्सिना, युगेश भक्त बादेश्रेष्ठ, मनिष राजभण्डारी, दिपक महर्जन, शिब कुमार अग्रवाल, बिध्या सागर ताम्राकार, विधाता श्रेष्ठ, सुधिर प्रधानाङ्ग, राजेश शाक्य, रिजु महर्जन, भिक्षु सागर धम्म र नबिन महर्जन रहेका छन ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत स्वण परेराको समेत उपस्थिति रहेको थियो । राजदूत परेराले दुबै देशको व्यापार अभिवृद्धिका लागि सहयोग गर्न आफू सधैं तयार रहेको बताएका छन । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको इतिहासमा उनलाई संघको संरक्षकको रुपमा राखिएको अध्यक्ष महर्जनले जानकारी दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र श्रीलंकाबीचको ब्यापार राम्रो नभएको बताएका छन । साथै उनले खस्केको ब्यापारलाई सुधार्न आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ त्यता ध्यान दिन ब्यवसायीहरुलाई आग्रह समेत गरेका छन ।

हाल बार्षिक ७० हजार श्रीलंकन पर्यटक नेपालको लुम्बिनी भ्रमणमा आए पनि उनिहरुको बसाई अबधि लम्ब्याउन नसक्दा त्यसको फाइदा छिमेकी मुलुकले लिएको बताए । नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान गर्न सरकारले सहयोग गर्नुपर्ने श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL