Logo

ग्याँस उद्योग संघको अध्यक्षमा पुनः भण्डारी, चुनियो १७ सस्यीय कार्यसमिति (सूचीसहित)

ग्याँस उद्योग संघको अध्यक्षमा पुनः भण्डारी, चुनियो १७ सस्यीय कार्यसमिति (सूचीसहित)



काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा पुनः गोकुल भण्डारी चयन भएका छन् । संघको बुधबार भएको २४ औं साधारणसभा तथा ९ औं अधिवेशनले भण्डारीलाई पुनः निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा पनि कुशप्रसाद मल्लीले नै निरन्तरता पाएका छन् । उनी यस अघिको कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष नै थिए ।

आज भएको साधारणसभाले उपाध्यक्षमा शंकर श्रेष्ठ र मनोजकुमार दाश, महासचिवमा दिवान चन्द, कोषध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौलालाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदिप पोखरेललाई चयन गरेको छ । यसैगरी योगेश पौडेल र अमित अग्रवाललाई सदस्यमा मनोनित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL