Logo

नेपाली धागो बंगलादेश निर्यात गर्ने बाटो खुल्यो, धागोको प्रतिबन्ध फुकुवा

नेपाली धागो बंगलादेश निर्यात गर्ने बाटो खुल्यो, धागोको प्रतिबन्ध फुकुवा



काठमाडौं । ४ बर्षदेखि नेपाली धागो आयातमा प्रतिवन्ध लगाएको बंगलादेशले अव नेपाली धागो आयात गर्ने भएको छ ।

laxmi

बंगलादेश सरकारले भुपरिवेष्ठित छिमेकी देशहरुको आदेशमा बर्षाैदेखि लागाउँदै आएको नेपाली धागोको प्रतिवन्ध फुकुवा गरेको घोषणा गरेसँगै नेपालले बंगलादेशमा धागो निर्यात गर्ने बाटो खुलेको हो । बंगलादेशस्थित राष्ट्रिय राजस्व बोर्डले गत अप्रिल ७ मा आफ्नो स्थल बन्दरगाहमार्फत नेपाली धागोको आयातमा अनुमती दिएको थियो ।

सोही अनुमती अनुसार नेपाली धागोको लागि बर्षाैदेखि रहँदै आएको प्रतिवन्ध फुकुवा भएको हो । बंगलादेशले ४ बर्ष अघिदेखि नेपाली धागोको निर्यात बन्द गरेको थियो ।

नेपाली धागो उद्योगीहरुले बेलाबेलामा धागोको प्रतिवन्ध फुकुवा गर्न माग गरेपनि सोही अनुसार फुकुवा हुन सकेको थिएन । बंगलादेशमा भने नेपाली धागो आयातकर्ताहरुले बोन्ड वेयरहाउसको सर्टिफिकेट लिनुपर्ने त्यहाँस्थित एक समाचार पोर्टलले जानकारी दिएको छ । न्युएज विजनेस

प्रतिक्रिया दिनुहोस्
MBL