Logo

१४० मेवाको तनहुँ जलविद्युत आयोजनाको ठेकेदार छनौट, २०२२ सम्ममा निर्माण सम्पन्न

१४० मेवाको तनहुँ जलविद्युत आयोजनाको ठेकेदार छनौट, २०२२ सम्ममा निर्माण सम्पन्न


रासस
0
Shares

दमौली । तनहुँ जलविद्युत अयोजना निनर्माणको जिम्मा दुई वटा कम्पनीलाई दिइएको छ । तनहुँको व्यास नगरपालिका–७ स्थित पाटनमा निर्माण हुने १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका निर्माणका लागि इटालियन कम्पनी सिएमसी र चाइनाको सिनो हाइड्रोलाई दिइएको हो ।

आयोजनाका इन्चार्ज विदुर अधिकारीका अनुसार प्याकेज १ को ड्याम साइड निर्माणको जिम्मा सिएमसी र प्याकेज २ को पावर हाउस निर्माणको जिम्मा सिनो हाइड्रोले पाएको हो ।

उक्त आयोजनाको निर्माण कम्पनी टुंगो लागेकोले अब ठेकेदार कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत उनले जानकारी दिए । ठेकेदार कम्पनीले छनौट भएको ९० दिनभित्र काम अगाडि बढाउनु पर्नेछ ।

सन २०१८ बाट निर्माणकार्य सुरु भई सन २०२२ सम्ममा सक्ने लक्ष्य राखिएको सो आयोजनाका लागि अहिले नै ५० अर्बभन्दा बढी रकम जुटिसकेको छ । आयोजना निर्माणका लागि जग्गा खरीद गर्दा ६५ करोडभन्दा बढी रकम प्रभावित बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ड्याम साइडमा अझै जग्गा अपुग भएको भन्दै बेतेनी क्षेत्रमा केही जग्गा अधिग्रहणको तयारीमा आयोजना लागेको प्राविधिकहरुले बताएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL