Logo

सेञ्चुरी बैंकको चरिकोटमा वित्तीय साक्षरता कार्यक्रम, नागरिकसँग बैंकको पहुँच बढाउने अभियान

सेञ्चुरी बैंकको चरिकोटमा वित्तीय साक्षरता कार्यक्रम, नागरिकसँग बैंकको पहुँच बढाउने अभियान



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससंगको संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

laxmi

कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, लेखा तथा कर सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा ११४ जनाभन्दा बढीको सहभागी थियो । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंँ गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL