Logo

नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी शिवाकोटीलाई

नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी शिवाकोटीलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका छन् । शिवाकोटीलाई बुधबारबाट कामु गभर्नरको जिम्मेवारी सम्हाल्ने गरी सरकारले जिम्मेवारी दिइएको हो ।

laxmi

सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्दा शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी पाएका हन् । नेपाल राष्ट्र बैंक ऐनके दफा २५ ले सामान्यतः बहालवाल गभर्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

चिरञ्जीवी नेपाल कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बिदा हुँदासमेत राष्ट्र बैकले नयाँ गभर्नर पाउन नसकेको हो । गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट नै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL