Logo

ज्योति विकास बैंकको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त, आर्थिक क्षेत्रमा २ दशक लामो अनुभव

ज्योति विकास बैंकको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त, आर्थिक क्षेत्रमा २ दशक लामो अनुभव



काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । ज्योति विकास बैंकको संचालक समितिले भट्टलाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेका हुन ।

laxmi

केही समय अघि मात्रै आइएमई लाइफ इन्स्योरेन्सको सीईओबाट राजिनामा दिएका भट्ट ज्योतिको सीईमा नियुक्त भएका हुन् । बैंकर मनोज ज्ञवालीले बैशाख १२ गते ज्योति विकास बैंक छाडेपछि सीईओको पद खाली थियो । त्यस लगत्तै बैंकमा पारसराज कँडेलले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । भट्टसँग यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकमा एजिएम र मेगा बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरिसकेको अनुभव छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक , बीमा र रेमिट गरि आर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेको छ। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए। भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL