Logo

सनराइज बैंक र मेरो किरानाबीच सहकार्य, बैंकका ग्राहकलाई सामान खरीदमा १० प्रतिशत छुट

सनराइज बैंक र मेरो किरानाबीच सहकार्य, बैंकका ग्राहकलाई सामान खरीदमा १० प्रतिशत छुट



काठमाडौं । सनराइज बैंक र मेरो किरानाबीच सहकार्य भएको छ । उक्त सहकार्य अनुसार बैंकले ग्राहकलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

laxmi

ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि बैंकको क्यूआर कोड प्रयोगगरि सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन ।

कोरोनाको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बंैकले अग्रहसमेत गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केहि नगद काउन्टर, रेमिटान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL