Logo

एभरेष्ट बैंकद्वारा कोरोना कोषमा एक करोड दुई लाख हस्तान्तरण, प्रत्येक प्रदेश सरकारलाई ६ लाख प्रदान

एभरेष्ट बैंकद्वारा कोरोना कोषमा एक करोड दुई लाख हस्तान्तरण, प्रत्येक प्रदेश सरकारलाई ६ लाख प्रदान



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोविड १९ (कोरोना) राहत कोषको लागि आफुले प्रतिबद्ध गरेको रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई रु ६ लाख प्रदान गर्नुका साथै केन्द्रिय सरकारलाई रु ६० लाख प्रदान गरेको छ । कोषको रकम श्री लक्ष्मण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय लाई आशुतोष शर्मा, सहायक महाप्रबन्धक तथा अन्य एभरेष्ट बैंकका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो ।

laxmi

कोषको रकम बाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संग(संस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् । यसका साथै, बैंकले यस महामारीको सुरुवती चरण देखि नै आफ्नो विभिन्न शाखाहरुमा भ्रमण गर्ने सम्पूर्ण ग्राहकहरुको सुरक्षामा उच्च ध्यान दिदैं आइरहेको छ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै कामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL