Logo

सिटिजन्स बैंक इन्टरनेसनलको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक, कोरोना कहरमा पनि सेवा निरन्तर

सिटिजन्स बैंक इन्टरनेसनलको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक, कोरोना कहरमा पनि सेवा निरन्तर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विसं २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । बैंकको बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेका थिए । सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।

कोरोनाभाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएममा कुनै पनि बैंकको एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL