Logo

सनराइज बैंकले गर्यो २०७७ सालको क्यालेन्डर अनलाइनमार्फत सार्वजनिक, ग्राहकलाई इमेल र भाईबरबाट पठाउने

सनराइज बैंकले गर्यो २०७७ सालको क्यालेन्डर अनलाइनमार्फत सार्वजनिक, ग्राहकलाई इमेल र भाईबरबाट पठाउने



काठमाडौं । सनराइज बैंकले २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले नेपाललाई पहिचान गर्ने विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ । जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकको विश्वास रहेको छ ।

laxmi

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको अवस्थामा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यममार्फत आफ्ना ग्राहकहरुसम्म पुर्याउने भएको छ ।

सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइट https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf बाट हेर्न र डाउनलोड गर्न सकिने छ ।

आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबरमार्फत प्रदान गर्ने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । लकडाउन र क्वारेन्टाईनलाई मध्यनजर गरि उक्त क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL