Logo

कामना सेवाको सामाजिक उत्तरदायित्व, धनगढी उप–महानगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण

कामना सेवाको सामाजिक उत्तरदायित्व, धनगढी उप–महानगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण



काठमाडौं । कामना सेवा विकास बैंकले धनगढी उप–महानगरपालिकालाई १ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख बराबरको चामल, दाल, तेल नुनलगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो ।

laxmi

बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्षबहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्टमार्फत हस्तान्तरण गरेका हुन ।

प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप–महानगरपालिकाको विपत ब्यवस्थापन कोषमार्फत वितरण गरिने बताए ।

हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिंगो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने बैंकको विश्वास रहेको छ ।

बैंकले १२३ शाखा तथा ६५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट, मोबाईल बैकिङ भि ५ लगायत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL