Logo

१ करोड दिएर कोरोना रोकथाम कोषको सुरूवात गर्ने नेपाल बैंकले प्रत्येक प्रदेशलाई दियो ५ लाख

१ करोड दिएर कोरोना रोकथाम कोषको सुरूवात गर्ने नेपाल बैंकले प्रत्येक प्रदेशलाई दियो ५ लाख



काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रत्येक प्रदेशलाई ५ लाख रुपैयाँको दरले आर्थिक सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा समेत देखिन थाले पछि बैंकले प्रत्येक प्रदेशलाई उक्त रकम सहयोग गर्ने भएको हो ।

laxmi

बैंकका अध्यक्ष बासुदेव अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सबै प्रदेशलाई ५ लाख रुपैयाँका दरले सातै प्रदेशमा कुल ३५ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका छन । यस अघि नेपाल बैकले सरकारलाई १ करोड दिने निर्णय गरेकै दिन सरकारले कोरोना कोष गठन गरेको थियो ।

संघ र प्रदेशलाई गरि बैंकले १ करोड ३५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपलब्ध गराएको छ । बैंकले कोरोना संक्रमण रोकथाममा प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक प्रदेशलाई उक्त रकम दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL