Logo

आजको लकडाउनमा पनि साङग्रिला बैंकले सेवा दिने, खुल्नेछन यी शाखा

आजको लकडाउनमा पनि साङग्रिला बैंकले सेवा दिने, खुल्नेछन यी शाखा



काठमाडौं । लकडाउनमा पनि साङग्रिला विकास बैंकले सेवा दिने भएको छ । बैंकले लकडाउनमा विभिन्न शाखा तोकेर सेवा सचलन गरिरहेको हो ।

laxmi

‘कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै सृजना भएको यस विशम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट वच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार (एटीएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपीएस सेवा आदि ) गर्नुहुन ग्राहक महानुभावहरुमा अनुरोध गर्दछौ,’ बैंकको विज्ञप्तिमा छ ।


बैंकले शाखा कार्यालयमानै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहक महानुभावहरुको लागि न्यूनतम वैकिङ्ग सेवा प्राप्त गर्न सहज होस् भन्ने यस सांग्रिला डेभलपेन्ट बैंकको उद्देश्य तथा नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको मिति २०७६।१२।१२ को सूचना अनुसार यस विशम परिस्थितिमा कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यान पुर्याई, आवश्यक शतर्कता अपनाई निश्चित दुरी कायम गरी देहाय बमोजिमको शाखा कार्यालयहरुबाट मिति २०७६।१२।१३ का दिन न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने जानकारी पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL