Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, कोरोना संक्रमण रोकथाम कोषलाई दियो १ करोड १५ लाख

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, कोरोना संक्रमण रोकथाम कोषलाई दियो १ करोड १५ लाख



काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न १ करोड १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

laxmi

सरकारले चैत ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको भन्दै बैंकको योगदानबाट उक्त भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL