Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बर्दिवासको राष्ट्रिय आधारभूत विद्यालय आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बर्दिवासको राष्ट्रिय आधारभूत विद्यालय आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिवास नगरपालिकाको वार्ड नं ३, भब्सी, महोत्तरी स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

laxmi

मंगलबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिव ५ किमि उत्तरतर्फ अवस्थित यस विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्दै आईरहेको छ ।

सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने जानकारी दिएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च बैंकले जानकारी दिएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

बैंकले हालसम्म ९३ वटा शाखा, ९० वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL