Logo

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभोबीच सम्झौता, क्लबको सेवामा १० प्रतिशत छुट

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभोबीच सम्झौता, क्लबको सेवामा १० प्रतिशत छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल, रुपन्देही स्थित क्लव दे नोभोबीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको हो ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड बाहक ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभाका प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL