Logo

ज्योति विकास बैंकले गर्यो कमाल, दोश्रो त्रैमासमा नाफा ६४ दशमलव ७६ प्रतिशतले बढ्यो

ज्योति विकास बैंकले गर्यो कमाल, दोश्रो त्रैमासमा नाफा ६४ दशमलव ७६ प्रतिशतले बढ्यो



काठमाडौं । ज्योति विकास बैंकले नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा २८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ६४ दशमलव ७६ प्रतिशतले धेरै हो।

laxmi

गत वर्ष यही अवधिसम्म बैंकले १७ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ९३ लाख रुपैयाँ छ। बैंकले ६ महिनाको अवधिमा ४० करोड १३ लाख सञ्चालन मुनाफा गरेको छ ।

२९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिसम्म ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड छ । जसले जगेडा लगायतका कोषमा ७८ करोड बराबरको रकम जम्मा गरेको छ ।बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव ०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ०२ गुणा छ। बैंकको खराब कर्जा सामान्य बढेको छ भने बैंकले कस्ट अफ फण्ड, आधार दरसमेत घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL