Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै कामना सेवा विकास बैंक, ६ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै कामना सेवा विकास बैंक, ६ नयाँ शाखा विस्तार



काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न ६ स्थानमा आफ्ना नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकल आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

laxmi

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले हाल १ सय १४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत आफ्ना सेवाग्राहीलाई सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL