Logo

नेपाल उद्योग परिसंघ र सनराइज बैंकबीच समझदारी, ब्याजदरमा ६ प्रतिशतसम्म छुट

नेपाल उद्योग परिसंघ र सनराइज बैंकबीच समझदारी, ब्याजदरमा ६ प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल उद्योग परिसंघ र सनराइज बैंकबीच समझदारी भएको छ । उक्त समझदारी अनुसार बैंकले महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने परिसंघले जानकारी दिएको छ ।

laxmi

समझदारी कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरेका छन ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

सम्झौता पछि परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी÷महिला सदस्यहरुको उद्यमशिलता विकासका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ । समझदारी अनुसार बैंकले महिला उद्यमीहरुका लागि १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा स्विकृत ब्याजदरमा ६ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा परसिंघका महानिर्देशक मेघनाथ न्यौपानेले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL