Logo

रुपन्देहीको ओडवलियामा पुग्यो एनआईसी एसिया बैंक, देशभर ४३ शाखारहित बैंकिङ सेवा संचालनमा

रुपन्देहीको ओडवलियामा पुग्यो एनआईसी एसिया बैंक, देशभर ४३ शाखारहित बैंकिङ सेवा संचालनमा



काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही जिल्लाको ओडवलियामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच पुर्याउँदै आएको बैंकले रुपन्देहीको ओडवलियामा आपm्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

laxmi

उक्त शाखाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले उद्घाटन गरेका हुन् । बैंकले उक्त शाखाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । । साथै स्थानीयवासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

हाल बैंकले देशभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९१ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङमार्फत १८ लाखभन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गदैं आएको छ । साथै बैकले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL