Logo

झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ सेवा, नयाँ शाखा विस्तार गर्दै

झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ सेवा, नयाँ शाखा विस्तार गर्दै



काठमाडौं । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको मेचीनगरमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंक देशभर बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप झापाको भृकुटीमा आफ्नो ३९ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

laxmi

उक्त शाखाको ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा शिवाकोटी र थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

हालसम्म सन््राइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL