Logo

एनएमबी बैंकका लगानीकर्तालाई ३५ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगदको अनुपात

एनएमबी बैंकका लगानीकर्तालाई ३५ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । एनएमबी बैंकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

laxmi

बैंकको संचालक समितिको बैठकले बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजारको ३५ प्रतिशतका दरले लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले २ करोड ४२ लाख कित्ता बोनस सेयर र १ अर्ब ६१ करोड रुपैयाँ नगद लाभांस दिने जानकारी दिएको छ । बैंकले राष्ट्र बैंकबाट स्वीकृती पश्चात साधारणसभाबाट पारित भएपछि उक्त लाभांस वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL