Logo

देव विकास बैंक र सेलपेबीच सम्झौता, बैंकको खाताबाट अनलाईन भुक्तानी गर्न सकिने

देव विकास बैंक र सेलपेबीच सम्झौता, बैंकको खाताबाट अनलाईन भुक्तानी गर्न सकिने



काठमाडौं । देव विकास बैंक र अनलाईन भुक्तानी सेवा सेलपेबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सम्झौता गरेका हो ।

laxmi

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन । देव विकास बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १ सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने तथा सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयल्टी पोईन्ट पनि पाउने छन् ।

उक्त सम्झौता पश्चात ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट देव विकास बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरुले सेलपे भुक्तानी विकल्प रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL