Logo

साढे २ अर्बको डिबेन्चर ल्याउँदै नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल नियुक्त

साढे २ अर्बको डिबेन्चर ल्याउँदै नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँको डिबेञ्चर बिक्री गर्ने भएको छ । बैंकले “१०% एनबिएल डिबेन्चर २०८३” बिक्री गर्न लागेको हो ।

laxmi

बैंकले उक्त डिबेञ्चर निष्काशनका लागि निश्काशन तथा बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

कुल २५ लाख कित्ता डिबेञ्चर मध्ये १५ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेञ्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।

सो कार्यको लागि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच डिबेन्चर सेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL