Logo

ग्लोबल आइएमई बैंकको शाखा तनहुँको बन्दीपुरमा, शाखा संख्या १५० पुग्यो

ग्लोबल आइएमई बैंकको शाखा तनहुँको बन्दीपुरमा, शाखा संख्या १५० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँको बन्दीपुरमा शाखा विस्तार गरेको छ । तनहुँको बन्दीपुर गाँउपालिका २ मा विस्तार गरेको शाखासँगै बैंकको शाखा संख्या १५० पुगेको छ ।

laxmi

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५० शाखा, ३० राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाको साथमा बिना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL