Logo

जनतासँग मर्जर प्रक्रियामा रहेको ग्लोवल आईएमई बैंकको नाफामा उच्च वृद्धि, अन्य परिसुचकमा पनि छलाङ

जनतासँग मर्जर प्रक्रियामा रहेको ग्लोवल आईएमई बैंकको नाफामा उच्च वृद्धि, अन्य परिसुचकमा पनि छलाङ



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ७३ करोड नाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आबको सोही अबधिको तुलनामा करिव ४० प्रतिशतले बढि हो । बैंकले गत आवको पहिलो ३ महिनामा ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

laxmi

एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा भने २८ करोड ११ लाख रुपैयाँ हुनेछ ।

बैंकले असोज मसान्तसम्ममा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब कर्जा रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको सीसीडी रेसियो ७८.३६ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी २८ दशमलव ८७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १ सय ६५ दशमलव ७० रुपैयाँ छ । १० अर्ब ४३ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

जनता बैंकसँग मर्जर प्रकृयामा रहेको यस बैंकले खराब कर्जा अनुपात घटाएको छ भने निक्षेप संकलन, कर्जा परिचालन, ब्याज आम्दानी र खुद मुनाफामा उच्च वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL