Logo

एनआईसी एशिया बैंक र भाटभटेनीबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र भाटभटेनीबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र भाटभटेनी सुपरमार्केटबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डबाहक ग्राहकलाई उक्त सुपरमार्केटमा सामन खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत सम्म छुट पाउने भएको छ ।

साथै बैंकमा खाता नभएका अन्य ग्राहकहरुले भने भाटभटेनी सुपरमार्केटमा रहेको बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्ने ब्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले सो सम्झौतामा हस्ताक्षर गरेका छन । योजना असोज ८ गतेदेखि कातिक १६ गतेसम्म लागू हुनेछ ।

बैंकले २९८ शाखा, ३५९ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL