Logo

संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको कार्यक्रम, २ सय विरुवा रोपियो

संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकको कार्यक्रम, २ सय विरुवा रोपियो



काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण गरेको छ ।

laxmi

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा २ सय ओटा रुखका विरुवा रोपेको छ ।

कार्यक्रममा कामनपा वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता रहेको थियो । बैंकले संविधान दिवसकै अवसरमा बैंकका मुख्य शाखाहरुमा दीपावली समेत गरेको छ ।

साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले समेत संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारतालगायतका कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL