Logo

एटीएमबाट पैसा चोरी गर्ने चिनियाँ गिरोह पक्राउ, यी बैंकहरुको सर्भर ह्याक

एटीएमबाट पैसा चोरी गर्ने चिनियाँ गिरोह पक्राउ, यी बैंकहरुको सर्भर ह्याक



काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति दरबारमार्ग्स्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

laxmi

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । उक्त चिनियाँ ह्याकरहरुले बैंकको सर्भर ह्याक गरेपछि एटिएम बुथहरुबाट खुलेआम रकम निकाल्न सफल भएका थिए ।

नेप्स नामक संस्थामा आबद्ध भएका बैंकहरुको सर्भर ह्याक भएको हो । सोही सफ्ट कम्पनीले कार्ड बिक्री पश्चात एक्सेस दिएको सिष्टम ह्याक भएको प्रारम्भिक अनुमान छ ।
सिस्टम ह्याक भएको बैंकहरु यसप्रकार छन ।

१) प्रभु बैंक,
२) सनराईज बैंक,
३) माछापुच्छ्रे बैंक,
४) जनता बैंक,
५) सिद्धार्थ बैंक,
६) सिटिजन्स बैंक,
७) एनआईसी एसिया बैंक,
८) बैंक अफ काठमाडौं,
९) प्राईम बैंक,
१०) नेपाल बंगलादेश बैंक
११० ग्लोबल आईएमई बैंक
१२) लुम्बिनी विकास बैंक
१३) एक्सेल विकास बैंक
१४) सांग्रिला विकास बैंक
१५) देव विकास बैंक
१६) ज्योति विकास बैंक
१७) ओम डेभलपमेन्ट बैंक
१८) शाइन रेसुंगा विकास बैंक

प्रतिक्रिया दिनुहोस्
MBL