Logo

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनल बीच सम्झौता, कृषकलाई सहुलियतपुर्ण ऋण उपलब्ध

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनल बीच सम्झौता, कृषकलाई सहुलियतपुर्ण ऋण उपलब्ध



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच सहुलियतपूर्ण ऋणमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतोले हस्ताक्षर गरेका हुन ।

laxmi

सम्झौता पश्चात हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए ।

श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताएका छन । हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले यो सम्झौता अनुसार लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताए । उनले हेफरले हालसम्म नेपालमा ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL