Logo

सिभिल बैंक र मेलम्ची नगरपालिकाबीच सम्झौता, कृषकलाई सहुलियतपुर्ण ऋण

सिभिल बैंक र मेलम्ची नगरपालिकाबीच सम्झौता, कृषकलाई सहुलियतपुर्ण ऋण



काठमाडौं । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ ।

laxmi

आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिका भित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषि कर्जा लगानी गर्ने त्रिपक्षिय सम्झौता भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार आइडिया स्टुडियोले मेलम्ची नगरपालिकासँग सहकार्य गरी सो क्षेत्रका स्थानिय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ । साथै उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा बैंकले सहुलियतपुर्ण कृषिकर्जा प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL