Logo

नेपाल बैंकले माग्यो सिईओ, मासिक तलब ३ लाख, यस्ता छन् सर्त

नेपाल बैंकले माग्यो सिईओ, मासिक तलब ३ लाख, यस्ता छन् सर्त



काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति प्रकृया अगाडि बढाएको छ । बैंकले आवेदन माग गर्दै खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

laxmi

बैंकले सिईओ खाली भएको ४ महिना पछि नयाँ सिईओ नियुक्ति प्रक्रिया अघि बढाएको हो । बैंकका तत्कालिन सिईओ देबेन्द्रप्रताप शाहको अनिवार्य अवकाश भएसँगै नेपाल बैंकमा सिईओ पद खाली रहेको छ ।

सरकारी स्वामित्वको सो बैंकमा सरकारी प्रक्रिया अनुरुप नै सिईओ नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । सिईओ छनोट समितिले सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिईसक्नुपर्ने उल्लेख गरेको छ ।

समितिले माग गरेको आवेदन अनुसार सो पदमा लागि व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको ब्यक्तिले आवेदन दिन सक्नेछन् ।

यसैगरी चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा कम्तिमा स्नातक गरेकाको हकमा बैंकिङ क्षेत्र, सरकारी क्षेत्र, संघठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तरराष्ट्रिय संघ संस्थाको अधिकृतभन्दा माथिल्लो तहमा कम्तिमा पनि १० वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने छन् ।

सूचना अनुसार निवेदन दिँदा आवेदकले कुनै पनि राजनितिक दलको सदस्य नभएको स्वघोषणा गर्नु पर्ने छ । साथै भ्रष्टाचार, सम्पत्ती शुद्धिकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको हुनु हुँदैन ।

बैकले सिईओको मासिक तलब ३ लाख रुपैयाँ निर्धारण गर्दै आवेदन माग गरेको छ । साथै कार्यसम्पादनको आधारमा प्रोत्साहन भत्ता तथा अन्य सुविधा उपलब्ध गराईने भएको छ । आवेदकले आवेदनका साथ ५ हजार शव्द नबढ्ने गरि व्यावसायिक योजना पेश गर्नु पर्ने छ । आवेदन दिएकाको सम्पुर्ण विवरण हेरेर छनौट समितिले ५ जनालाई सर्ट लिस्ट गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL