Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन संचालनमा ल्यायो २ नयाँ शाखा

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन संचालनमा ल्यायो २ नयाँ शाखा



काठमाडौं । प्रभु बैंकले एकैदिन २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गदैं पर्वत जिल्लाको मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा आफ्ना शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

laxmi

उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बिहान १० बजे र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले अपरान्ह १ बजे छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बिच शाखा कार्यालयका उद्घाटन गरेका हुन ।

सञ्चालनमा आएका बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL