Logo

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने, स्वाप रेसियो १०० : ९०

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने, स्वाप रेसियो १०० : ९०



काठमाडौं । सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ती गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्सले सहयोगी विकासलाई प्राप्ती गर्ने भएको छ ।

laxmi

बैंकको कार्यालयमा भएको एक कार्यक्रमबीच सिटिजन्स बैंकका संचालक तथा मर्जर तथा प्राप्ती समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकाश बैंकका संचालक तथा मर्जर समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले समझदारीमा हस्ताक्षर गरेका छन ।

शनिबार सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ती गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ ।

हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकाश बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । प्रारम्भिक सहमति अनुसार सहयोगी विकाश बैंकले १ कित्ता बराबर ९० रुपैयाँ पाउनेछ तथापि वास्तविक सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यी ३ जिल्लामा हाल सिटिजन्स बैंकको ९ शाखा संचालनमा रहेकामा बैंकको प्राप्ति सँगै शाखा संख्या २३ पुग्ने छ ।

बैंकले ९५ शाखा, ८० एटिएम र १ सय शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL