Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा तनहुँको आँबुखैरेनीमा, सेवा संख्या ३७ पुग्यो

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा तनहुँको आँबुखैरेनीमा, सेवा संख्या ३७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले तनहँु जिल्लाको आँबुखैरेनीमा नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै आँबुखैरेनीको सत्रसय गाउँमा उक्त ३७ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

laxmi

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL