Logo

सनराइज बैंकको कामु सिइओमा आशा राणा, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव

सनराइज बैंकको कामु सिइओमा आशा राणा, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव



काठमाडौं । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन ।

laxmi

बैंकको प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रमूखको जिम्वेवारीबाट अबकास पाएसँगै राणालाई कामु प्रमुखमा नियुक्त गरेका हुन ।

यस अघि सोही बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी राणलाई जेठ १ गते देखीनै लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

बैंकिङ क्षेत्रमा ३१ बर्षभन्दा बढि समय विताएकी राणा नेपालको बैकिङ क्षेत्रको दोस्रो महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । उनले सनराईज बैंकमा ११ बर्ष विताईसकेकी छिन ।

राणसँग हिमालयन बैंकमा १४ बर्ष, राष्ट्रिय बाणिज्य बैंकमा साढे ६ बर्ष काम गरेको अनुभब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL