Logo

वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबी बैंकको सहुलियत कर्जा, यसरी लिन सकिन्छ १० लाख

वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबी बैंकको सहुलियत कर्जा, यसरी लिन सकिन्छ १० लाख



काठमाडौं । एनएमबी बैंकले विदेशबाट फर्केका नेपाली युवाहरुलाई कर्जा उपलब्ध गराउने भएको छ । बैंकले सरकारको सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुरुप प्रतिब्यक्ती १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको हो । बैंकले आगामी १ बर्षमा १ हजार योग्य युवाहरुलाई कर्जा उपलब्ध गराउने उद्देस्यले युवा परिषद र रिटर्नी माईग्रेन्टसँग त्रिपक्षिय सम्झौता गरेको हो ।

laxmi

बैंकले मंगलबार एक कार्यक्रमको आयोजनामा गरेको उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले युवा परिषदको समन्वयमा रिटर्नी माईग्रेन्ट नेपालको सिफारिसमा विभिन्न सेक्टरमा ब्यबसाय गर्नका लागि बैंकबाट कर्जा पाउनेछन । कृषि, पर्यटन, वन, जडिबुटी, खनिज लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

उनका अनुसार ब्यबसायीले लिएको कर्जा फिर्ता हुने ग्यारेन्टीका साथ कर्जा लिन चाहने ईच्छुकलाई तालिम पनि दिने सुविधा रहेको छ । उक्त तालिममा कर्जा लिन चाहने युवालाई भनेअनुसारको तालिम तथा परामर्श दिने उनले बताएका छन । बैंकले राष्ट्र बैंकको कार्यविधि अनुसार करिव ७ प्रतिशत सम्ममा उक्त कर्जा उपलब्ध गराउने बैंकको संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL