Logo

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कैलालीमा, बैंकिङ प्रणालि मार्फत श्रम तथा रोजगार कार्यालयको कारोबार

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कैलालीमा, बैंकिङ प्रणालि मार्फत श्रम तथा रोजगार कार्यालयको कारोबार



काठमाडौं । प्रभु बैंकले कैलालीको धनगढी उपमहानगरपालिका ५ गोवर ग्याँस चोकमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरेका हुन ।

laxmi

जोशीले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी दिएका छन । साथै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन झण्झट नहोस् भन्ने अभिप्रायले बैंकसँग सहमती गरी उक्त काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएका छन ।

आईतबार देखी संचालनमा आएको उक्त काउण्टरमा श्रम तथा रोजगार कार्यालय, विभिन्न सेवा उपभोग गर्ने सेवाग्राही, बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL