Logo

ग्लोबल आइएमई बैंकको सबै नेपालीको बचत खाता योजना सार्वजनिक, खाता खोल्न परिचय पत्र अनिवार्य

ग्लोबल आइएमई बैंकको सबै नेपालीको बचत खाता योजना सार्वजनिक, खाता खोल्न परिचय पत्र अनिवार्य



काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

laxmi

सरकारले २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्तरगत ‘सबै नेपालीको बचत खाता’ संचालनमा ल्याएको हो ।

सरकारले सुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि बैंकले नयाँ बचत खाता सुरु गरेको हो । आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्तरगत खाता खोल्ने ग्राहकलाई बैंकले १ सय रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।

उक्त खाता बैंकका सम्पूर्ण शाखा तथा ९ एक्सटेन्सन काउण्टर मार्फत खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार उक्त खाता खोल्न नेपाली नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र वा सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL