Logo

सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा देवकोटा, बैंकिङ क्षेत्रमा २३ बर्षको अनुभव

सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा देवकोटा, बैंकिङ क्षेत्रमा २३ बर्षको अनुभव



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटलाई नियुक्त गरेको छ ।

laxmi

आइतबार बसेको २९७ औं सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भए पछि रिक्त रहेको सो पदमा देवकोटालाई नियुक्त गरेको हो ।

देवकोटाले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौं विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन ।

सिटिजन्स बैंकमा आउनु अघि देवकोटा नेपाल बैंकमा कार्यरत रहेका थिए भने उनको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव रहेको छ । बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL