Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले एक सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आईतबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

laxmi

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो । सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल लगायतका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल त्रिवेणी सामुदायिक पुस्तकालयले बनाएको छ । उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण,व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी दिए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL