Logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, शाखा संख्या १४२ पुग्यो

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, शाखा संख्या १४२ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले औपचारिक उद्घाटन गरेका हुन ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यान शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने जानकारी दिएका छन ।

बैंकले हाल १ सय ४२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १ सय २१ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL