Logo

आगलागी पिडीतलाई ज्योति बैंकको आर्थिक सहयोग, ७ लाखको चेक हस्तान्तरण

आगलागी पिडीतलाई ज्योति बैंकको आर्थिक सहयोग, ७ लाखको चेक हस्तान्तरण



काठमाडौं । ज्योति विकास बैंकले आगलागीबाट पिडीत गुणकुमारी घिमिरेलाई आर्थिक सहयोग गरेको छ ।

laxmi

ललितपुरको भट्टेडाँडामा रहेको घरमा यही माघ १४ गते सोमबार साँझ आगलागी भएको थियो । आगलागीबाट घिमिरेको घर ध्वस्त भए पछि बैंकले राहतस्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

शनिबार ललितपुर–१ प्रतिनिधिसभा सदस्य नबराज सिलवालको उपस्थितिमा गुणकुमारी राहत तथा सहयोग संकलन समितिमार्पmत बैंकले सहयोग गरेको ५० हजार रुपैयाँ समेत गरी ७ लाख ५ हजारको चेक हस्तान्तरण गरिएको हो ।

ज्योति बिकास बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाउ स्थित शाखा कार्यलयमा खाता खोली बिशेष प्रबन्ध मिलाएको थियो ।

बैंकले ८५ शाखा २२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL