Logo

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले भने, राजेन्द्र खेतानका कारण लक्ष्मीसँग मर्जरमा जान सकिएन

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले भने, राजेन्द्र खेतानका कारण लक्ष्मीसँग मर्जरमा जान सकिएन



काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले राजेन्द्र खेतानका कारण लक्ष्मी बैंक र एभरेष्ट बैंकबीच मर्जर हुन नसकेको खुलासा गरेका छन ।

laxmi

पंजाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको स्वागतका लागि गरिएको पत्रकार सम्मेलनमा उनले लक्ष्मी बैंकका अध्यक्ष कै बार्गेनिङका कारण आफु मर्जर प्रक्रियामा जान नसकेको बताएका हुन । पहिलेकै सहमती अनुसार राजेन्द्र खेतानले मर्जर प्रक्रियाका लागि आवश्यक कार्यहरु तथा सोही अनुसारको जाँगर नदेखाएकाले सहमती जुट्न नसकेको बताएका हुन ।

यस्तै उनले राजेन्द्र खेतानले सेयर स्वाप रेसियोको मोलमोलाईमा पनि विवाद निम्त्याएको आरोप लगाएका छन । पत्रकार सम्मेलनमा बोल्दै उनले एक कन्सल्टेन्सी कम्पनीको निर्णयलाई नै राजेन्द्र खेतानले लत्याएपछि मर्जर प्रक्रिया अघि नबढेको जानकारी दिएका छन ।

भारतीय कन्सल्टेन्ट कम्पनी अर्नेष्ट एण्ड योङले एभरेष्ट बैंकको १ सेयर बराबर लक्ष्मी बैंकको २ः७५ कित्ता सेयर उपयुक्त हुने सुझाव दिएको थियो । तर लक्ष्मी बैंकका अध्यक्ष खेतानले भने १ः२ को स्वाप रेसियोको सुझाव दिएका थिए । पत्रकार सम्मेलनमा पंजाब नेशनल बैंकको सिईओ मेहराले आफृलाई स्वागत गरेकामा धन्यबाद दिँदै बैंक वित्तिय संस्थाहरुले विभिन्न क्षेत्रमा लगानी गरेकै कारण अन्य क्षेत्र फस्टाएको जानकारी दिए । उनले पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यको विकासमा बैंकको ठुलो भुमिका रहेने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL