Logo

सिटिजन्स विशेष बचत खाता संचालनमा, सय रुपैयाँमै खाता

सिटिजन्स विशेष बचत खाता संचालनमा, सय रुपैयाँमै खाता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक गरेको छ ।

laxmi

सिटिजन्स विशेष बचत खातामा निःशुल्क भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, सिटिजन्स स्र्माट बैंकिंग सुविधा, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, लगायत अन्य सेवाहरूमा समेत ५० प्रतिशत छुट रहेको बैंकले जानकारी दिएको छ ।

एक सय रुपैयाँमानै खाता खोल्न सकिने सिटिजन्स विशेष बचत खातामा दैनिक मौज्दातमा वार्षिक ६ दशमलब २५ प्रतिशत ब्याजदर प्रदान गरिने भएको छ । साथै यस योजना अन्तरगत एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL